नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनले ४८ घण्टाभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई अल्टिमेटम दिएको छ ।बुधबार उपकुलपति डा. तीर्थ खनियाँसँग भेट गर्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले ४८ घण्टाभित्र स्ववियु चुनावको मिति घोषणा नगरे तालाबन्दी गर्ने चेतावनी दिएको हो । हाल क्याम्पसहरुमा रहेको स्ववियुको पदावधि फागुन १८ गते सकिदैछ…