नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले सिके राउतसंग गरेको संझौताका बारेमा स्पष्ट पार्न नसकेको बताएका छन् । नेपाल प्रेस युनियन प्यूठानले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले राउतसंगको संझौताका विषयमा उठेका प्रश्नको निवारण सरकारले गर्न नसकेको बताए । उनले भने– ‘सिंके राउतसंगको संझौताको विषय राष्ट्रिय अखण्डतासंग जोडिएको विषय हो । संझौता लगत्तै…