Logo

प्रमुख समाचार

‘बिखण्डनकारी’ राउतलाई कार्बाही गर्न कमल थापाको माग



रापपा अध्यक्ष कमल थापाले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिले देशलाई कालान्तरमा दुर्घटनामा फसाउने दाबी गरेका छन्।

मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मधेशमा सीके राउत पुग्दा भएको अखण्डताविरोधी नाराबाजी र स्वतन्त्र मधेसको झण्डा प्रयोग हुँदा सरकार मुकदर्शक बनेको आरोप लगाए। सरकारले विखण्डनलाई स्वीकार गरेर सहमति गरेको दाबी गर्दै थापाले सहमति कसको शक्ति र प्रेरणाले भयो भन्दै प्रश्न समेत गरे।

‘देशमा सानै भएपनि विखण्डनकारी तत्व सल्बलाएको छ, सहमति आफैँमा विरोधाभाष,अमूर्त, विवादित र रहस्यमय छ’, उनले भने ‘तत्कालीन माओवादी पनि सानै थियो, त्यसकारण यो मुद्दा बेलैमा नटुंग्याए कालान्तरमा द्वन्द्व हुनसक्छ।’ अध्यक्ष थापाले विखण्डनको मुद्दा बोक्ने राउतलाई सरकारले कारबाही गर्नुपर्ने पनि बताए। नेपाल हिन्दुराष्ट्र बनाइछाड्ने भन्दै थापाले हिन्दुराज्यको पक्षमा देशभर जनलहर बढेको दाबी गरे।

प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार  १२ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।