इनरुवा । सुनसरीको देवानगंज गाउँपालिकाकी उपाध्यक्ष बिभा कुमारी यादवको घरमा काम गर्ने एक १४ वर्षीया बालिका मृत फेला परेकी छिन्। देवानगंज गाउँपालिका वडा नं. २ स्थित उपाध्यक्ष यादवको घरमा विगत केही समयदेखि घरेलु कामदारका रूपमा कार्यरत सम्झना कुमारी खत्वे झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो अन्दाजी ३ बजेतिर स्थानीय…