काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नेपालमा सञ्चालित बालबालिकाको खोप कार्यक्रम विश्वकै प्रशंसित जनस्वास्थ्य कार्यक्रममध्ये एक भएको बताएका छन् । विश्व खोप सप्ताह अभियान सुरु भएको सन्दर्भमा नेपाल न्यूज बैकसँगको कुराकानीमा उनले नेपालमा ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको पहुँचमा रहेको जानकारी दिएका हुन् । उनका अनुसार नेपाल सरकारले जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई…