सिरहा । गोलबजार नगरपालिका–२ अन्तर्गत गुरु धाम क्षेत्रमा अत्यन्त दुःखद घटना घटेको छ । टिप्परको डाला उठाउने क्रममा ११ हजार भोल्टको हाई टेन्सन विद्युत् लाइनमा छोइएपछि करेन्ट लागेर एक जनाको ज्यान गएको हो । प्राप्त जानकारी अनुसार प्र–२–०१–००१ का ००४५ नम्बरको टिप्परका चालक सन्तोष कुमार साहले गाडीको हाइड्रोलिक डाला माथि उठाउने क्रममा माथि रहेको हाई…