रामेछाप । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि रामेछापमा तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद लामिछानेका अनुसार निर्वाचन आयोगबाट मतपत्र बाहेकका सबै निर्वाचन सामाग्री जिल्ला आइसकेका छन् भने जिल्ला निर्वाचन कार्यालयले खरिद गर्नुपर्ने सामाग्रीको खरिद पनि सम्पन्न भएको छ । मतपत्र भने भोलिसम्म आइपुग्ने निर्वाचन आयोगबाट जानकारी आएको उनले बताए…