मकवानपुर । उज्यालो नेपाल पार्टीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य पद उम्मेदवार सुरेन्द्र लामाले गाँजा खेतीबारे आफ्नो धारणा स्पष्ट पारेका छन् । चुनावी प्रचारप्रसारलाई औपचारिक रूपमा अगाडि बढाउँदै उनले कानुनविपरीत कुनै पनि गतिविधिलाई समर्थन नगर्ने बताएका हुन् । ‘जबसम्म कानुनले अनुमति दिँदैन, म गाँजा खेतीको पक्षमा उभिन्नँ,’ उनले भने, ‘कानुन संशोधनको विषय संसदको…