काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको बताएका छन्। ३०औं ‘जनयुद्ध’ दिवसका अवसरमा रुकुम पूर्वको भूमे गाउँपालिकास्थित खाबाङबगरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले परिवर्तनका लागि भएको लडाइँमा रुकुम पूर्वले गरेको योगदान र बलिदानको सम्मान गर्दै रुकुमेलीप्रति आभार व्यक्त गर्न यसपल्ट यहाँबाट उम्मेदवार बनेको बताएका हुन्। आसन्न…