काठमाडौं। कामना सेवा विकास बैंकले निष्कासन गरेको ‘केएसबीबीएल ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लाजिम्पाटमा बाँडफाँट गरिएको छ। ३५ करोड रकम बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि उत्साहप्रद रुपमा १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको बैंकले जनाएको छ। यसले नेपाली पुँजी बजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताको उच्च विश्वास र आकर्षणलाई प्रतिविम्बित…