Logo

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा खतिवडा नियुक्त

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । पुस २० गते सम्पन्न र्बैंकको सञ्चालक समितिको बैठकले खतिवडालाई रिक्त रहेको बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।