काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारका विषयमा आफूसँग जोडेर आएका समाचारप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभएको प्रस्ट पारेका छन् । उनले भने, ‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै…