काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धाले सबैको ध्यान खिचेको छ। यसपटकको दौडमा एउटा नाम विशेष चर्चामा छ: नैनसिंह महर। विगत तीन वर्षदेखि निरन्तर महामन्त्रीको तयारीमा जुटेका महरको पक्षमा पार्टीभित्र देखिएको अभूतपूर्व जनमतले उनी महाधिवेशनमा 'अनलॉक' हुने संकेत गरेको छ। पार्टीका हरेक तहका कार्यकर्ता र आम सदस्यमाझ महरले जुन किसिमको विश्वास र…