Logo

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक

काठमाडौं। कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक परेको छ । खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको राष्ट्रपतिका प्रेस सल्लाहकार खिला कार्कीले जानकारी दिए। उनका अनुसार डिल्लिबजार डेरामा निधन भएको हो । खतिवडाका बुवा लामो समयदेखि क्यान्सर तथा दमको बिरामी थिए। उनको भोलि बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।