काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीले गत साता गरेको आन्दोलनमा घुसपैठ भएको बताएका छन् । उनले संविधान दिवसको दिनमा दिएको शुभकामना सन्देशमा भनेका छन्– त्यसमा घुसपैठ गर्ने षडयन्त्रकारीले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ…