काठमाडौं । नेपाल वायुसेवा निगमको ६७औं वार्षिकोत्सवको अवसरमा एकदिने मैत्रीपूर्ण फूटबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । निगमको वार्षिकोत्सव मूल समारोह समितिको आयोजनामा भएको सो प्रतियोगिता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमेतको उपस्थिति थियो । मैत्रीपूर्ण खेल अन्तर्गत निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, कर्मचारीहरुको टिम, महिला कर्मचारीहरुको टिम र एक्जिक्यूटिभ फुटबल टीमबीच प्रतिस्पर्धा…