काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको बताएका छन्। सोमबार राष्ट्र बैंकमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले पछिल्लो समय आर्थिक गतिविधि केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति नभएको बताएका हुन्। गभर्नर अधिकारीले भने, ‘मंसिरको रिपोर्टले पनि आर्थिक…