अधिवक्ता कमल सापकोटा ‘एक पटकको नेपाली, सधैंको नेपाली’ अहिले लोकप्रिय नारा हो। तर निर्वाचनको दिन आइपुग्दा यही नाराले अलि असजिलो प्रश्न सोध्छ—सधैंको नेपाली हो भने मत हाल्ने बेला चाहिँ किन सीमापारि अड्किनुपर्छ ? विदेशमा रहेका नेपालीले विप्रेषण पठाउँछन्, घर चलाउँछन्, अर्थतन्त्र धान्छन्, परिवारको पढाइ र उपचार खर्च बेहोर्छन्। तर प्रतिनिधि छान्ने दिनमा उनीहरूलाई भनिन्छ—‘मत हाल्न…