परीक्षामा तोकिएभन्दा कम अंक आएपछि विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई सात दिनको म्याद दिएको छ । महानगरीय प्रहरी वृत बानेश्वरले जडिबुटीको जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई थप अनुसन्धानका लागि म्याद लिन अदालत लगेको थियो । प्रहरीले कर्माचार्यलाई शनिबार नियन्त्रणमा लिएको थियो । आइतबार र सोमबार सार्वजनिक विदा परेकाले उनलाई…