Logo

मनोरञ्जन

को बन्ला कमेडी च्याम्पियन ? फाइनलका लागि टिकट बिक्रि खुल्यो



नेपालकै पहिलो स्ट्याड – अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्राण्ड फिनाले आगामी चैत १ गते हुँदैछ । त्यो सँगै टप ३ फाइनलिस्ट बाट पहिलो कमेडी च्याम्पियन को बन्छ भन्ने उत्सुकता पनि बढेको छ ।

टप ३ फाइनलिस्टमा इटहरीका सुमन कोइराला, रोल्पाका खड्गबहादुर पुन र धादिङका हिमेश पन्त पुगेका छन् । यी मध्य कोइराला र पुन वाइल्ड कार्ड मार्फत टप ३ मा पुगेका हुन् । दर्शकको भोटको आधारमा अहिलेसम्म रोल्पाका पुन अगाडि रहेको बताइन्छ ।

चैत १ गते हुने फाइनलको लागि लागि टिकट बिक्री समेत खुल्ला भै सकेको छ । यसको टिकट ई – सेवाबाट काट्न सकिने छ । कोरोना प्रभावका कारण कमेडी च्याम्पियनको ग्राण्ड फिनाले बानेश्वरस्थित च्यासल मैदानमा हुने तय भएको छ ।

विशाल भण्डारीले निर्देशन गरेको कमेडी च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा लगायतको लगानी रहेको छ भने सो को होस्ट समेत विश्वकर्मा आफैंले गर्दै आएकी छिन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलवार १२:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।