काठमाडाैं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त माग गरेको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले एक सूचना जारी गर्दै अध्यक्षका लागि दरखास्त मागेको हो । समितिकाअनुसार इच्छुक उम्मेदवारले आगामी ७ दिनभित्र अर्थात् जेठ १९ गतेसम्म अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा आफ्नो बायोडाटा तथा आवश्यक विवरण…