सरकार कोरोना भाइरसको संक्रmमणबाट पढाईमा बञ्चित भएका विद्यार्थिहरुका लागि नयाँ शैक्षिक क्यालेन्डर बनाउने भएको छ । त्यसका लागि सरकार आन्तिरिक तयारीमा जुटेको छ । सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै शैक्षिक तथ्याङ्क भराउने…