धनकुटा ।धनकुटा नगरपालिका–४ छारागाउँस्थित पिपलडाँडा भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सान्ताङबाट ठोकातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ह ८६६९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा अटो चालकसहित सवार यात्रु घाइते भएका हुन् । दुर्घटनामा अटो चालक धनकुटा–४ निवासी वर्ष ३८ का पञ्चलाल राई,…