जुम्ला । तातोपानी गाउँपालिका- ७ सर्मी किसानलाई मेसिनबाट राडीपाखी बुन्ने सीप प्रदान गरिएको छ । त्यहाँका स्थानीयको आम्दानीको स्रोत भेडापालन भएकाले उनीहरूलाई भेडाकाे ऊनबाट आत्मनिर्भर बनाउनका लागि सिप प्रदान गरिएको हो । भेडाको ऊनबाट राडीपाखी, स्वीटर, पाखेकोट, मफ्लर, लिउ लगायतका सामाग्री बनाउने सिप प्रदान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए…