काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का सहकोषाध्यक्ष कृष्ण तिमल्सेनाले आगामी महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएको १२ औँ महाधिवेशन चैत ३० देखि काठमाडौँमा हुने तय भएको छ । एनआरएनएभित्र इमानदार र सहयोगी भावना भएको अभियन्ताका रूपमा परिचित उनले आफूले कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए । सबल र सफल एनआरएनएका लागि बलियो…