काठमाडौं- पछिल्लो एक साता यता काठमाडौंमा वर्षा हुने र रोकिने क्रम चलिरहेको छ। नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण वर्षा भइरहेको छ। अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी रहेको महाशाखाको भनाइ छ। शनिबारसम्म नै बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।…