Logo

आजको तस्बिर

एसईई परीक्षा सुरु [तस्बिरहरू]



काठमाडौं- यस शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। आउँदो २७ गतेसम्म हुने परिक्षाको पहिलो दिन आज बिहान ८ बजेदेखि सुरु भएको हो । अहिले अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ।

परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन्। परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने भएको राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ।

परीक्षा सञ्चालनका लागि देशभर ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ। परीक्षा शान्त र मर्यादित ढंगबाट भइरहेको बताइएको छ।

तस्बिरहरू:

 

 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार ०९:३७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।