पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार फाल्न जरूरी भइसकेकाले आन्दोलनका लागि तयार रहन पार्टीका नेता तथा कार्यकता लाई निर्देशन गरेका छन । आज (बिहिबार) एमाले मुख्यालय च्यासमा एमाले निकट खेलकुद महासंघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले पार्टीले सिट्ठी फुक्नेबित्तिकै आन्दोलनमा उत्रन मानसिकरूपमा तम्तयार रहन आग्रह…