काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (युएनओपीएस)का एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सारा नेट्जरबीच भेटवार्ता भएको छ। भोटेकोशी बाढीको स्थलगत निरीक्षणपछि नेपाल आएको युएनओपीएस टोलीसँग भएको भेटमा मन्त्री श्रेष्ठले बाढीबाट भएको क्षतिको मूल्यांकन, खोज, उद्धार तथा राहतका काम तीव्र रूपमा भइरहेको जानकारी दिए। मन्त्री श्रेष्ठले जलवायु…