काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। बिहीबार १३ वटा मन्त्रालय तथा निकायको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएपछि विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो। मतदानका क्रममा सांसदहरूले विभिन्न मन्त्रालयको बजेट घटाउन दर्ता गराएका खर्च कटौती प्रस्तावहरू अस्वीकृत भएसँगै विनियोजन विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित…