काठमाडौं । आमनिर्वाचनमा शीर्ष नेताहरुले आफू मतदाता रहेको क्षेत्रबाट मतदान गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरा पुगेर मतदान गरेका छन् । उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला पुगेर मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि हुन् । मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै…