रामपुर (पाल्पा) । निस्दी गाउँपालिका–२ सहलकोटस्थित सुकेकोटका रनबहादुर राना उमेरले ७२ वर्षको भए । आफ्नो जीवनकालमा विभिन्न समयमा भएको निर्वाचनमा मतदान गरे । उनी मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै लगातार विभिन्न तहका निर्वाचनमा सहभागी भई मतदान गर्दै आएका छन् । तर गाउँमा विकासको परिवर्तन नहुँदा उनी चिन्तित छन् । यसपटक आगामी मङ्सिर ४ गते…