काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफ्ना मतदातासमक्ष भोट माग्दै राजधानी र राजनीति दुबै सफा गर्ने संकल्प गरेका छन् । काठमाडौं ५ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनले बिहीबार मतदातालाई अपील जारी गर्दै साे क्षेत्रमा आफ्नो उम्मेदवारीले शिक्षा र स्वास्थ्यको हब, आइटीको विकाससहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्टिय राजनीतिको नयाँ चित्र…