काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको १० वर्ष सक्रिय राजनीति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत थापाले एक भिडिओ सन्देश जारी गर्दै १० वर्ष काम गर्ने र त्यसपछि बिदा लिने स्वघोषणा गरेका हुन् । महामन्त्री थापाले १० वर्षपछि स्वीच अफ गरेर आफ्नो बाटो लाग्ने र नयाँ अनुहारलाई ठाउँ दिने बताएका छन्…