काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम हुन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले आजको संसद बैठकमा नागरिकता विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्दै यस्तो धारणा राखेकी हुन् । उनले भनिन्, ‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ, यसमा दुई मत छैन…