काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन्। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा मन्त्री अर्यालसहित गृहसचिव राजकुमार श्रेष्ठ र प्रवक्ता आनन्द काफ्लेको टोलीले ललितपुरका बुङमती, लेले, नल्लु र ठेचो क्षेत्रमा पुगेर तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएको हो। निरीक्षणका क्रममा मन्त्री अर्यालले सुरक्षा व्यवस्था मजबुत बनाइएकाले निर्धक्क भएर…