काठमाडौँ । माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य गोपीबहादुर अछामीले वर्तमान सरकार अलोकतान्त्रिक र निरङ्कुशताको बाटोमा हिँडेको भन्दै उक्त बाटोमा प्रजातान्त्रिक भन्ने कांग्रेस समेत लाग्नुलाई दुःखद भनेका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै अछामीले सरकारले ल्याएका अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्नुपर्नाका कारणबारे प्रस्ट्याउँदै यस्तो बताएका हुन् । ‘यो सरकार निरङ्कुशता, अलोकतान्त्रिक र संसद् छल्ने बाटोमा लागेको छ’,…