काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले एमाले–माओवादीले देखाएको बाटोमा हिँडेर देश सफल नहुने बताएका छन् । शनिबार कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले एमाले–माओवादीलाई बाटो देखाउन सक्दामात्रै देश सफल हुने बताएका हुन् । ‘म के भ्रममा छैन भने, चाहे माओवादीसँग हाम्रो सहकार्य हुँदाको अवस्था होस्,…