Logo

संसद् बैठकमै माननीयज्यूहरू घ्वाँरघ्वाँर गर्दै निदाउनुहुन्छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । आइतबार संसद भवनमा ६६औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रानाले संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताइन् । उपसभामुख रानाले भनिन्, ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू । यहाँ पनि धेरै सुतेको देखेँ…