काठमाडौँ । यू–२० पुरुष साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले ९ देखि २० साउनसम्म भारतमा आयोजना हुने प्रतियोगिताकोको मिति र तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । खेल ९ गते हुनेछ । प्रतियोतिगाको सबै खेल भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने साफले जनाएको छ ।…