काठमाडौं — जर्मनीका पूर्व मिडफिल्डर टोनी क्रुसले फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जित्ने अनुमान गरेका छन्। आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनामाथि बाजी मार्ने विश्वास उनले व्यक्त गरेका हुन्। स्पेनिस सञ्चारमाध्यम मार्का ले ट्रिबुना डटकम लाई उद्धृत गर्दै जनाएअनुसार सन् २०१४ को विश्वकप विजेता क्रुसले स्पेनको निरन्तर उत्कृष्ट…