सर्लाही । सर्लाहीको बागमतीमा जारी छैठौं राजर्षि जनक कप फुटबलको उपाधि साबिक विजेता पिप्ले फुटबल क्लब हेटौडाले जितेको छ । सर्लाहीको बागमती–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ समृती खेल मैदानमा आइतबार भएको फाइनल खेलमा लिग विजेता मछिन्द्र फुटबल क्लब काठमाडौंलाई सडनडेथ पराजित गर्दै पिप्लेले उपाधि चुमेको हो । निर्धारित समय दुवै टिमले गोल गर्न नसकेपछि खेल…