पोखराको बिजयपुर पुलमा चेकिङ गर्दा घुस मागेको आरोपमा दुई ट्राफिक जवान पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत ट्राफिक जवानहरु हरिश्चन्द्र रिमाल र मोहनसिंह बिकमाथि घुस मागेको आरोप लागेको हो । चेकिङका क्रममा घुस मागेपछि चालकको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको कास्की ट्राफिकले जनाएको…