निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम स्व रवीन्द्र अधिकारीको नाममा पर्यटन व्यवसायीहरुले माग गरेका छन् ।शनिबार पर्यटन व्यवसायीहरुको साझा संस्था पोखरा पर्यटन परिषदले एक विज्ञप्ती निकाल्दै सो विमानस्थललाई स्व अधिकारीको सम्झनामा ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग गरेको छ । परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले स्व अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवानेता…