Logo

चिसो बढेसँगै जाडो छल्न बेँशी झार्दै भेडीगोठ

बझाङ । चिसोबढेसँगै बझाङका भेडापालक जाडो छल्न बेँशी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँशी तर्फ झार्न थालिएको हो । बझाङको साइपाल, सुर्मा, छविसपाथीभेरा र तल्कोट गाउँपालिका तथा बुङ्गल नगरपालिकाका भेडापालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिँउदमा बेँशी झर्ने गर्दछन् । चार हजार मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु…