सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेल हत्या प्रकरणमा मृतक पौडेलकि आमा दुर्गा देवी पौडेलले जिल्ला प्रहरी कार्यलय सर्लाहीमा १० जना विरुद्ध किटानी जाहेरी दर्ता गराएकि छिन । तत्कालीन सर्लाहीका एसपी गोपालचन्द्र भट्टराई सहित तत्कालीन सिडिओ, पौडेलको शव पोष्टमार्टम गर्ने डा. विरेन्द्र मण्डल सहित कुमार पौडेलको हत्यामा संलग्न रहेको आशंका…