काठमाडौं । धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीचको विवादले तनावपूर्ण स्थिति सिर्जना भएको छ । श्रमदानको बिल भुक्तानीलाई लिएर मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाबिच विवाद भएको हो । उपमेयर बेघाको अनुसार मेयर साम्पाङका समर्थकले श्रमदानमार्फत गरेको काममा डोर हाजिरीको भुक्तानीका लागि बिल पेस गरेका थिए । उक्त काम श्रमदान भएकोले अनुगमन नगरेको बेघाले बताए…