Logo

कोशी प्रदेश

धरानमा मेयर र उपमेयर बीचको विवादले तनावपूर्ण स्थिति



काठमाडौं । धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीचको विवादले तनावपूर्ण स्थिति सिर्जना भएको छ । श्रमदानको बिल भुक्तानीलाई लिएर मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाबिच विवाद भएको हो ।
उपमेयर बेघाको अनुसार मेयर साम्पाङका समर्थकले श्रमदानमार्फत गरेको काममा डोर हाजिरीको भुक्तानीका लागि बिल पेस गरेका थिए । उक्त काम श्रमदान भएकोले अनुगमन नगरेको बेघाले बताए । सोहि बिषयलाई लिएर हिजो मेयर साम्पाङले कार्यालयमा छलफलमा आउनु भन्दै बाहिर श्रमदाता ल्याएर कुटाउने योजना बनाउनु भएको उपमेयर बेघाले बताए ।

उक्त बिषयलाई लिएर मंगलबार पनि दुवै पक्षका दर्जनौँ कार्यकर्ताहरू उपमहानगरपालिका परिसरमा जम्मा भई नाराबाजी र एकअर्काविरुद्ध आक्रमणको प्रयास गरेका थिए । स्थिति नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगु र वडा प्रहरी कार्यालय धरानका प्रहरी नायब निरीक्षक रुद्र खड्काको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । विवादले उपमहानगरपालिकाको दैनिक कामकाज प्रभावित भएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १९:२७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।