देउवाको विरोधमा किन बोल्दैनन् गगन ?
  • अनलाइनपाना संवाददाता
  • बुधबार, बैशाख २५, २०७६
  • काठमाडौँ

आफूलाई यूवा र लोकप्रिय नेता भनाउने कांग्रेस केन्द्रीय सदस्य तथा सांसद गगन थापा पार्टी सभापतिले मनपरी गर्दा पनि बोलेका छैनन् ।पार्टी सभापति र प्रधानमन्त्री समेत हुने लक्ष्य राखेका थापाले पार्टी बिग्रिँदा पनि चुइ समेत बोलेका छैनन् ।

देउवा पछिल्ला सबै काण्डमा मुछिएका छन् । तरपनि न गगन न अरु कोही पनि बोल्दैनन् । आफूलाई लोकप्रिय देखाउन खोजेका गगनले यो बेला सत्य कुरा बोलिदिउन् भन्ने आम कार्यकर्तामात्र नभएर जनताको पनि चाहना छ ।

यो पनी पढ्नुहोस्

दाजुको बाटो पछ्याउँदै भाई केसी, ज्वाँई भने अर्कैतिर

देउवा बालुवाटारको जग्गा प्रकरणमा र वाइडबडी काण्डमा पनि मुछिएका छन् । जुनुसुकै ठूला काण्डमा जोडिएका देउवाले कतैपनि आफ्नो संलग्नता नरहेको भन्न सकेका छैनन् । यसले गर्दा ठूलो खालको घोटलामा सबैले मिलेर रकम कुम्ल्याउँछन् भन्ने बुझ्न समस्या छैन ।