काठमाडौं । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् ।
सरकारमा कांग्रेसको तर्फबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन् ।
राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन् ।




















प्रतिक्रिया